गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा पदमुक्त
काठमाडौं । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटा पदमुक्त हुनुभएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना सुनाउनुभएको हो । उहाँले नेकपा माओवादी केन्द्र संसदीय दलको ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वसाको मत दिएर ह्वीप उल्लंघन गरेको भोलिपल्ट ऊर्जामन्त्री बन्नुभएको थियो ।
माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुख धिताललाई पत्र दिएको हो। नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित हुनुभएको थियो ।