राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आज कति तोक्यो त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ०२ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ४० पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।