राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आज कति तोक्यो त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बिहीबार सामान्य अंकले घटेको अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर शुक्रबार बढेको हो। त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८६ पैसा पुगेको छ।
यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ४८ पैसा रहेको हो। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ७० रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ९८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको हो।