नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो, सुन १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार छापावाला सुन तोलामा १ लाख ४१ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार भने सुन तोलामा १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको हो ।
तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेर तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।