प्रतिनिधि सभाको बैठकमा आज पनि बजेटमाथि मन्त्रालयगत छलफल हुँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बुधबार बिहान ११ बजे बस्ने भएको हो । बुधबारको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने भएको छ । प्रतिनिधि सभामा मंगलबारबाट मन्त्रालयगत शीर्षकमा छलफल शुरु भएको हो ।
बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।