प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारणमा समस्या
प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारणमा समस्या आएको छ ।
बिहान सवा ११ बजे सुरु भएको बैठकको प्रत्यक्ष प्रसारणमा बेलाबेला भिडियो बन्द हुने समस्या देखापरेको हो ।
यसअघि पनि पटकपटक प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रसारणमा समस्या हुने गरेको थियो । प्राविधिक रूपमा समस्या भएको सचिवालयका कर्मचारीहरूले बताएका छन् ।