प्रतिनिधि सभाको बैठकमा आज पनि सञ्चारसहित ४ मन्त्रालयको बजेटमाथि छलफल गरिंदै
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्ने भएको छ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान ११ बजेदेखि शुरु हुने भएको हो । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने भएको हो ।