विदेशी मुद्राको विनिमय दर आज यस्तो छ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा यूरो सामान्य घटेको हो । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९२ पैसा पुगेको छ।
यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ २७ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ९१ पैसा रहेको हो। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ १९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको हो।