कोशी-गण्डकी प्रदेशमा आज मेघगर्जन/चट्यांगहित वर्षा र हावाहुरीसको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
बुधबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहेको हो । त्यस्तै, बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। साथै कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
बुधबार दिउँसो भने कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी पहाडी र तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको हो ।
बुधबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।