कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टि-स्टेटको जग्गा कमिसन खाएर बेचेको अध्यक्ष ओलीको आरोप
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गिरीबन्धु टि-स्टेटको जग्गा कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ ।
सरकारमा रहँदा अध्यक्ष ओलीले टि-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला उहाँले यस्तो आरोप लगाउनुभएको भएको हो । बुधबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ विघा र ५१ विघा टि-स्टेटको जग्गा कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत गर्नुभयो ।
कांग्रेसले गरेका बद्मासीको बारेमा एमाले चुप लागेर बस्ने पक्षमा नरहेको उहाँको भनाइ छ । तत्काल संसद बैठक सुचारु गराउन पनि उहाँले कांग्रेसलाई दवाव दिनुभयो । कांग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने उहाँको दावी छ ।
एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई अध्यक्ष ओलीले चेतावनी समेत दिनुभयो ।