अमेरिकी डाइभर्सिटी डिभीको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) सन् २०२५ को नतिजा शनिबार राति सार्वजनिक हुने भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा शनिबार राति सार्वजनिक गर्ने जानकारी गराएको हो। दूतावासले शनिबार राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बरमा गएर नतिजा हेर्न सक्ने जनाएको छ ।
दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको हो ।