नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षकको सरूवा
काठमाडौं । नेपाल प्रहरीका ५ सय १९ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)को सरुवा भएका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णय अनुसार ५ सय १९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।
आगामी जेठ महिनाको तलब र भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरको सरुवा गरेको कार्यालयले बताएको छ।