राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आज कति तोकेको होला…
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९६ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ४९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ९९ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।