विदेशी मुद्राको विनिमय दर आज यस्तो छ…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १सय ३३ रुपैयाँ ९४ पैसा पुगेको हो । त्यस्तै, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ३० पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ९५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ३१ पैसा पुगेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।