गण्डकी प्रदेशका मुुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुुख्यमन्त्री खगराज अधिकारीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा शुक्रबार सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन महत्वका कामहरु गर्न नपाउने गरी अन्तरिम आदेश जारी गरेको छ।
अधिकारीले विश्वासको मत लिंदा संविधान मिचेको दावीसहित पाण्डेले रिट दायर गर्नुभएको थियो । सर्वोच्चले सोही मुद्दालाई गम्भीरतापूर्वक लिंदै पूर्ण सुनुवाईको मिति समेत तोकेको छ ।