काठमाडौं महानगरद्वारा निःशुल्क लोकसेवा तयारीका कक्षा सञ्चालनका लागि आवेदन दिन आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको छ ।
महानगरले शनिबार एक सूचना जारी गरी निःशुल्क कक्षा सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको हो । जारी सूचनामा महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि निःशुल्क लोकसेवाको तयारी कक्षा सञ्चालन गरिने उल्लेख गरिएको छ ।
महानगरले इच्छुक उम्मेदवारलाई नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेश गर्न महानगरले आग्रह गरेको हो ।