पश्चिमी क्यानाडामा आगलागी हुँदा साढे ६ हजार नागरिक विस्थापित, १३४ ठाउँमा आगलागी
एजेन्सी । क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण आगलागी हुँदा कारण ६ हजार ६ सय बासीन्दालाई विस्थापित गरेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।
वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपतकालीन अवस्था घोषणा गरेपछि मंगलबार दिउँसो खाली गर्ने आदेश जारी गरेको हो । बेकन हिल, अबासन्ड, प्रेरी क्रिक र ग्रेलिङ टेरेसका छिमेकीका लागि खाली गर्ने आदेश प्रभावकारी छ । फोर्ट म्याकमुरेका धेरै छिमेकीलाई अग्नि नियन्त्रकहरूका लागि लागि बाटो बनाउन खाली गरिँदै गरेको हो।
उक्त विस्थापित क्षेत्रका सबै बासीन्दालाई अपराह्न ४ बजेसम्म छोड्न आदेश दिइएको थियो । क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार मंगलबार देशभरी १ सय ३४ स्थानमा आगलागी सक्रिय रूपमा बलिरहेको थियो । जसमध्ये ४३ स्थानमा आगलागी नियन्त्रणबाहिर रहेको हो ।
क्यानाडा सरकारले देशभर सामान्य भन्दा माथिको तापक्रमले जंगलमा आगलागीको ठूलो जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ । सन् २०२३ मा क्यानाडाको आगलागीको सिजन रेकर्डमा सबै भन्दा विनाशकारी हो । क्यानाडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर ७ हजार १ सय ३१ स्थानमा आगलागी रेकर्ड गरिएको थियो ।
सोही आगलागीबाट १ करोड ७२ लाख ३ हजार ६ सय २५ हेक्टर जमिन जलेको हो ।