टिकापुरको जग्गा ५० हजार रूपैयाँमा किनेको कांग्रेसकी सांसद आरजुको दावी
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताउनुभएको छ ।
सांसद राणाले आफूले २०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताउनुभयो । संचारकर्मीलाई टिकापुरको जग्गा आफैं गएर हेर्न र कागजात खोलेर हेर्न पनि उहाँले आग्रह समेत गर्नुभएको छ ।
सांसद राणाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने बताउनुभयो । प्रजातन्त्रमा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको उहाँको भनाइ छ ।
सांसद राणाले कांग्रेसले जहिल्यै पनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने दावी गर्नुभयो ।