दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित २ जना पक्राउ
काठमाडौँको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने दुवै जना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।