विदेशी मुद्राको विनिमय दर आज कति होला…
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९१ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ७५ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।