इजरायल एक्लै युद्ध लड्न तयार छ: प्रधानमन्त्री नेतान्याहु
एजेन्सी । इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्ने अमेरिकी चेतावनीपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै युद्ध लड्न सक्षम रहेको दावी गर्नुभएको छ ।
यस अघि अमेरिकी राष्ट्रपति जो वाइडेनले आर्टीलरी सेलसहितको सैन्य सहयोग रोक्ने कुरा बताउनुभएको थियो। सामान्य नागरिकको ज्यान जाने खतराले अमेरिकाले सहयोग पठाउन रोकीसकेको छ। प्रधानमन्त्री नेतान्याहुले अमेरिकी प्रतिक्रियापछि सन् १९४८ को युद्ध स्मरण समेत गर्नुभएको हो ।
उहाँले भन्नुभयो,-‘सन् १९४८ मा धेरैको विरुद्धमा हामी एक्लो थियौं। हामीसँग हतियार थिएन। यसका बाबजुद हामी विजयी भएका थियौं। हाम्रो भावना र हामी भित्र रहेको बहादुरी पनका कारण हामीले सफलता पाएका थियौं ।'
रक्षा मन्त्री युभ गालान्टले इजरायलको विरोधी र समर्थकले जे भने पनि आफू बहादुरी पूर्वक युद्ध लड्ने बताउनुभएको छ। इजरायलको बमबारी र आक्रमणका कारण सोमबारसम्म ८० हजार जना रफाहाबाट विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको थियो ।