आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रूपैयाँ घटायो
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाएको छ ।
हवाई इन्धनको भने आन्तरिकतर्फ प्रतिलिटर एक र अन्तरर्राष्ट्रियतर्फ ७ अमेरिकी डलर बढाएको हो। मंगलबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । घटेको मूल्य मंगलबार राति १ बजेदेखि लागू हुने भएको हो ।
इण्डियन आयल कर्पोरेशनले मंगलबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ०.२, २.४५ ले घटाएर र हवाई इन्धनको मूल्य प्रतिलिटर १.१८ रुपैयाँले बढाएर पठाएकाले इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । पेट्रोल र एलपीजी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले मंगलबार राति जारी गरेको विज्ञप्तिमा भनिएको हो ।