मोरङमा २ क्विन्टल गाजासहित एक जना युवक पक्राउ
काठमाडौं । मोरङमा २ क्विन्टल गाजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जहदा गाउँपालिका–३ हाथिबन्दाबाट २ सय १८ किलो १ सय ७५ ग्राम गाजासहित २४ वर्षीय भगवान किस्कुलाई प्रहरीले पक्राउ गरेको हो । गाजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा बुधबार राति साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
सोही घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।