विदेशी मुद्राको विनिमय दर आज कति होला त…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७९ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ४७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ १० पैसा र बिक्री दर १सय ६७ रुपैयाँ ८५ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।