वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न शुरू
काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा तान्न शनिबारदेखि शुरु गरिएको छ ।
ललितपुरस्थित पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो । यहि वैशाख १२ गतेदेखि शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ गते मछिन्द्रनाथको रथयात्रालाई रथारोहण गराइएको थियो ।
रातो मछिन्द्रनाथको रथयात्रालाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्याएर भोटो देखाएर अन्त्य गर्ने प्रचलन रहेको छ ।