देशका ४ प्रदेशमा आज दिउँसो मेघगर्जन/चट्यांगसहित वर्षा र हावा-हुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने भएको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो।
त्यस्तै, कोशी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको हो ।
बिहीबार राति भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने महाशाखाले जनाएको हो ।