बागमतीसहित ५ प्रदेशमा आज मेघगर्जन/चट्यांग-भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु-स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । आइतबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको हो। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको हो । देशका केही स्थानहरूमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हो। देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
आइतबार राति भने देशभर आंशिक देखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।