विदेशी मुद्राको विनिमय दर आज यस्तो छ…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७९ पैसा पुगेको हो । त्यस्तै, यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ७७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ९५ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।