विदेशी मुद्राको विनिमय दर आज कति होला…
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८६ पैसा पुगेको हो । त्यस्तै, यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ २३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ४६ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।