संघीय संसद भवनमा आज बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल हुँदै
काठमाडौं । संघीय संसद भवनमा मंगलबार बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल हुने भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको निजी सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल हुन लागेको हो। त्यस लगत्तै सभामुख घिमिरेले मंगलबार मध्याह्न साढे १२ बजे दलक प्रमुख सचेतकसँग छलफल गर्नुहुने भएको छ। सोही छलफल सभामुखको कार्यकक्ष संघीय संसद भवन नयाँ बानेश्वरमा हुने भएको हो ।
मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्ने भएको छ। समिति बैठक संघीय संसद भवनको शंकर हल नयाँ बानेश्वरमा बस्ने सभामुखको सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। मंगलबार दिउँसो ३ बजे संयुक्त सदनको बैठक बस्ने भएको हो ।
मंगलबार साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। मंगलबार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरिरहेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको हो ।