इजरायलले रफाहमा तीव्र गतिमा सैन्य कारबाहीको दायरा थप विस्तार गर्दै
एजेन्सी । इजरायलले आफ्नो सेना रफाहमा तीव्र गतिमा सैन्य कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारबाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका हुन्। उनले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको बताएका छन् ।
इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको जनाएएको हो । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब ८ लाख मानिसले इलाका छोडेका छन्। अमेरिकाले इजरायललाई रफाहमा सैन्य कारबाही नगर्न दवाव दिएको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले इजरायल पुग्नुअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गरेका थिए।