सुँगुरको मृर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन
काठमाडौं । आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मृर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको २ महिनापछि मृत्यु भएको छ।
गत मार्चमा ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानमा पहिलो पटक सुँगुरको मृर्गौला सफल प्रत्यारोपण गरिएको थियो।म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच)ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै संकेत नभएको जनाएको हो । सुँगुरबाट अन्य अंगहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्।
यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुंगाको रूपमा वर्णन गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनी अन्तिम चरणको मृर्गौला रोगसँग लडिरहेका हुन्। मृर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएका थिए ।