कांग्रेसका महामन्त्री गगन भन्छन्: 'गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद अघि बढ्दैन'
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणको बारेमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद अघि बढ्न नदिने बताउनुभएको छ ।
आइतबार गृहमन्त्री लामिछानले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले सोमबारको संसद बैठक अघि छानबिन समिति नबने संसद अवरोध गर्ने बताउनुभएको हो । त्यस्तै, महामन्त्री थापाले गृहमन्त्री लामिछानेले फाईल खोलिदिउँ भनेर भनेको सुन्दा आफू चकित भएको बताउनुभयो।
गृहमन्त्रीले त धमाधम फाईल खोल्नुपर्ने महामन्त्री थापाको भनाइ छ । उहाँले भन्नुभयो,-‘गृहमन्त्री लामिछानेको प्रस्तुती टेलिभिजन प्रस्तोता हो कि गृहमन्त्रीको अभिव्यक्ति हो भन्ने थोरै कन्फ्युजन भयो । किनकी टेलिभिजन प्रस्तोताको जस्तो हुँदा प्रश्नहरु सोध्ने, विषयहरु उठाउने स्वभाविकै कुरा हो । जुन तपाईहरुले पनि गरिराख्नुभएको छ । तर गृह मन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो ।’