विदेशी मुद्राको विनिमय दर आज कति छ त…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९१ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ९६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ८५ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।