स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा
काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार पदबाट राजीनामा दिनुभएको छ ।
त्यस्तै, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिनुभएको हो । यादव र कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएको उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभएको छ ।
मधेश प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिएपछि केन्द्रमा यादवले राजीनामा दिनुभएको हो ।