देशका अधिकांश स्थानमा दिउँसो र राति मेघगर्जन/चट्यांगसहित वर्षा-हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो ।
त्यस्तै, देशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरुमा हावा/हुरीको समेत सम्भावना रहेको हो ।
बुधबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
त्यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।