विदेशी मुद्राको विनिमय दर आज कति होला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ शून्य पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६० पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ १६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ८८ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।