विदेशी मुद्राको विनिमय दर आज कति होला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १८ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७८ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ३० पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ९५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ८५ पैसा रहेको छ। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।