जयनगर-जनकपुर-भंगहा रेल सेवा भोलिदेखि ३ दिनसम्म बन्द हुने
काठमाडौं । भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा भोलि (शनिबार)देखि ३ दिनसम्मको लागि बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले बिहीबार एक विज्ञप्त जारी गर्दै यहि जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिनुभएको हो ।
उहाँले जारी विज्ञप्तिमा भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधुवनी संसदीय क्षेत्रमा यहि जेठ ७ गते लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिने बताउनुभयो ।
रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जारी विज्ञप्तिमा भनिएको छ ।