सुन-चाँदीको मूल्य आज बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य बढेको छ।
आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार भने प्रतितोला २ सय रूपैयाँ बढेको हो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १६ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भइरहेको हो ।
सोही मूल्य आइतबारको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको महासंघले जनाएको छ ।