कांग्रेस संसदीय दल र संसदीय कार्य समितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरी संसदीय कार्य समिति र संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले शुक्रबार बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको र शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको सांसद प्रतिमा गौतमले जानकारी दिनुभएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने उहाँले बताउनुभएको छ ।
सोही बैठकमा संसदमा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने भएको कांग्रेसले जनाएको हो ।कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको संसदीय छानबिन समितिको बनाउन माग गर्दै सरकार तयार नभएपछि संसदको अवरोध जारी राखेको छ ।