जसपा नेपालका अध्यक्ष यादवले गरे दल विभाजन विरूद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार आफ्नो पार्टीबाट विभाजन भएर बनेको जसपालाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
अध्यक्ष यादवले निर्वाचन आयोगले दलको न्यूनतम सर्त र प्रक्रिया समेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरिदिएको आरोप लगाउदै उक्त निर्णय बदर गर्न माग गर्नुभएको हो। उक्त रिट निवेदनमाथि आगामी जेठ २ गते सुनुवाई हुने भएको छ ।
यादव अमेरिका भ्रमणमा रहेको समयमा अशोक राईको नेतृत्वमा ७ जना सांसदसहित दल विभाजन भएको थियो । जनता समाजवादी पार्टी नामको पार्टीलाई निर्वाचन आयोगले तत्कालै मान्यता दिंदै दल दर्ता समेत गरिदिएको हो।
अध्यक्ष यादवले भने दल विभाजन सम्बन्धि ऐन नै नभएको समयमा नियमावली देखाएर दल विभाजन गर्न नपाइने दावी रिटमा गर्नुभएको छ ।