शेयर बजारमा आज पनि उत्साह कायमै, नेप्से १५ दशमलव ५४ अंकले बढ्यो
काठमाडौं । शेयर बजारको उत्साह बुधबार पनि निरन्तरता पाएको छ ।
४ दिन यता शेयर बजारको उत्साह निरन्तर कायमै रहेको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेको हो । बुधबार नेप्से ०.७३ प्रतिशतले बढेर २१३१.४९ विन्दु कायम भएको छ । बुधबार नेप्से ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको हो ।
बुधबार ३ सय १८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको शेयर मूल्य बढको छ । १ सय ६१ वटा कम्पनीको शेयर मूल्य भने घटेको हो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले, फ्लोट इन्डेक्स १.५३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२४ अंकले बढेको हो ।
बुधबार सबै भन्दा बढी होटल एण्ड टुरिजम सेक्टरको शेयर बढेको छ । उक्त समूह ९८.२४ अंकले बढेको हो । वाणिज्य बैंकको पनि ४८.४४ अंकले बढेको छ । बुधबार १३ वटा समूहमा ४ वटा समूहको शेयर मूल्य बढेको हो । ९ वटा समूहको भने शेयर मूल्य घटेको हो ।
बुधबार एउटा लघुवित्तको र एउटा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।