काभ्रेको रोशीमा आगलागी हुँदा २५ घर-गोठ जलेर नष्ट
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ सानोपोटा गाउँमा मंगलबार राति आगलागी हुँदा २५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
नजिकको सामुदायिक वनबाट फैलिएको आगोले सोेही घरगोठ जलेर नष्ट भएका हुन् । आगलागीबाट १५ घर र १० वटा गोठ जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो ।
महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।सेना, स्थानीय बासीन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो ।
वनको आगो भने अझै निभाउन नसकिएको प्रहरीले बताएको छ ।