काठमाडौंको बत्तीसपुतलीमा एक जना युवकको हत्या, ४ पक्राउ
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिबार राति एक जना युवकको हत्या भएको छ ।
मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले बताएको हो। धिमालको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हत्याको कारण भने अझै नखुलेको प्रहरीले बताएको हो ।
धिमाललाई शनिबार राति नै सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । सोही घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको हो ।