काभ्रेमा सामुदायिक वनमा आगो लगाएको अभियोगमा ५ जना पक्राउ
काठमाडौं । काभ्रेमा सामुदायिक वनमा आगो लगाएको अभियोगमा ५ जना पक्राउ परेका छन् ।
पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा प्रहरीले आइतबार ५ जनालाई पक्राउ गरेको हो । वनमा आगो लगाएको अभियोगमा मैते तामाङ, विकास भुजेल, सविन सुनार, आइतीमाया तामाङ र लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सोही वनमा लागेको आगो मानव बस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति भएको हो । आगलागीका कारण १५ घर जलेर नष्ट हुँदा करिब २ करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।