विदेशी मुद्राको विनिमय दर आज यस्तो छ…
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९१ पैसा पुगेको हो । त्यस्ते, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ २३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ७० पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।