संघीय संसदको शिक्षा समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आइतबार बस्ने भएको छ ।
आइतबार बैठक बिहान ११ बजे सिंहदरबारस्थित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने भएको हो । आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।