नाइजेरियामा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु
एजेन्सी । अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ ।
सोही घटना नाइजेरियाको उत्तरी भागमा रहेको पठार राज्यमा भएको हो । पठारका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पठार बंगलाको जंगलमा सुरक्षा एजेन्टहरूको आक्रमणसिछ भागेका लुटेराहरूले सोमबार राति जुराक र डकाई गाउँहरूमा आक्रमण गरेका हुन् ।
बन्धुकधारीले गाउँमा अन्धाधुन्ध गोली चलाएको जनाइएको छ । त्यस्तै, उनीहरुले धेरै घरमा आगो लगाएको स्थानीयवासीहरुले बताएका हुन् । अधिकांश मानिसहरुलाई अपहरण समेत गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएकोछ ।
सुरक्षा एजेन्टहरूले ७ जना आक्रमणकारीलाई मारेको जनाइएको हो । मृत्यु हुनेको संख्या अझै बढ्ने सोही गाउँका बासीन्दाहरु बताउँछन् ।