सुनको मूल्यमा आज नयाँ रेकर्ड, तोलामा १ लाख ४० हजार रूपैयाँ
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
बिहीबार सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४० हजार रुपैयाँ र १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। गत वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै, बिहीबार चाँदीमा पनि प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको हो ।